Beautifully written Goodreads review by Richa Bhattarai
काठमाडौँको एक संभ्रान्त परिवारमा काम गर्न बसेको दश वर्षे गोपीले एकदिन अनौठो खानेकुरा ‘चिज’का बारे सुन्छ । घरको कान्छो छोराले स्विजरल्याण्डबाट ल्याएको सेतो चिज देख्दा उसलाई उकुसमुकुस हुन्छ ः के होला त्यो, एकपटक चाख्न पाए कस्तो हुँदो हो ? तर अन्तिम टुक्रा पनि कान्छी नातिनीले खाइदिएपछि ऊ थुक निलेर हेरेको हे¥यै हुन्छ । अनि शुरु हुन्छ— उसको चीज कल्पना र सपना । त्यसपछिका बीस वर्षमा उसले बाहिरी दुनियाको भेउ पाउँछ, बिहे गर्छ, जागीर खान्छ । तर त्यो रहस्यमय चीजको तिर्सनाले छाड्दैन उसलाई । एक दिन आँट गरेरै चिज किन्छ उसले, दुग्ध विकास संस्थानबाट । वर्षौँदेखिको धोको पुरा हुन लाग्दा गोपीको मनमा जस्तो उथलपुथल होला, त्यत्तिकै मात्रा उत्सुकता जगाउन सफल भएकी छिन पाठकका मनमा पनि यो ‘चिज’ गाथा रच्ने सुष्मा मास्केले । उनको कथा सङग्रह द एण्ड अफ द वल्र्डमा समेटिएको पहिलो कथा चीजले नै उनको लेखन शैलीको झल्को दिन्छ— हरेक घटनालाई मिहीन पाराले केलाएर अथ्र्याउने, आफ्ना पात्रका भावनालाई पाठकसामु उदाङ्गै पारिदिने, आदर्शमा नबगेर यथार्थमै रमाउने ।
पहिलो कथामा जसरी गोपीलाई चिज खाने तृष्णा हुन्छ, सङ्ग्रहका अरु सातवटै कथाका पात्रका आ–आफ्ना लालसा हुन्छन्, व्यक्तिगत अभावहरुसँग जुझिरहन्छन् सबै । कसैलाई खोजी हुन्छ मन मिल्ने साथीको, अरुलाई सत्ताको, शान्तिको र प्रायःलाई मात्र दुई छाक भातको । सुष्माले छानेका पात्रहरुले शायद कहिल्यै यी कथाहरु पढ्ने छैनन्, आफ्ना जीवनका सत्य घटना सबैले पढेर चुकचुकाएका थाहा पाउने छैनन् । सुष्माले ती सबै दुखी, निमुखा, भाग्यले पनि ठगेका पीडितहरुको कथा रोजेकी छिन सुनाउन । आफ्ना एकनासे यन्त्रसमान जिन्दगीका हामीले आफ्नै देशका ती बासिन्दाहरु जसको बारे हामी सोच्न भ्याउँदैनौँ र चाहँदैनौँ, तिनको दैनिकी प्रस्तुत गरेकी छिन् कथाकारले । माओवादी जनसेनाबाट भागेर तस्करीमा फँसेको पूर्वमिस्त्रीको, आफ्नो पूख्र्यौली जग्गा बेच्न बाध्य पारिएको किसानको, बेलायती सेनामा भर्ती हुन नपाएको ठिटोको, सुन्तला खान पनि संसारको अन्त्य पर्खनुपर्ने परिवारको, पानी पर्दा बाल्यकाल सम्झेर छट्पटाउने युवतीको ।
दोस्रो कथा बिट्रेयलमा शीर्षकअनुसार नै धोका दिन्छ, माओवादीबाट प्रहरी बनेको महेशले आफूले भाइ नै मानेको साथीलाई । अरुभन्दा अलि नाटकीय लाग्ने यो कथामा पनि नेपाली जनजीवनको चित्रण छ ः भारतमा काम गर्ने नेपाली कामदारको, अनेक आशा लिएर जनयुद्धमा होमिएका जोशिला युवाको, बिग्रदोँ राजनीतिक अवस्था र दयनीय सुरक्षा व्यवस्थाका कारण बाटो बिराएका नागरिकको । कथाकारले यी सबै गतिविधि कुनै अग्लो ठाँउबाट नियालेर वर्णन गरेकी छैनन् – उनी संलग्न छिन् पात्रकै क्रियाकलापमा, द्विविधा र निर्णयमा ।
अर्को कथा छ वेइटिङ फर रेन । तर यो कथाका गाउँलेहरु वर्षालाई मात्र पर्खिरहेका छैनन्, आफ्ना दिन फेरिन्छन् कि, कुनै जनप्रतिनिधिले मर्का बुझिदिन्छ कि भनी बाटो हेरिहन्छन् । यो पखाई कति निरर्थक छ भनी प्रष्ट हुन्छ उनीहरुकै प्रिय नेताले फकाई–धम्काई गरिब लालुको जग्गा किनेको खुलासा पछि । ल एण्ड अर्डरमा कानुन र अनुशासनको रक्षा गर्न खटिएका प्रहरी जवानबारे पढ्न जति रमाइलो छ, त्यति नै पीडादायी पनि । कैदीझैँ थुनिएर बस्न बाध्य उनीहरु आफ्नो शरीरको, पेटको र आत्माको भोकलाई छुट्याउन नसक्ने अवस्थामा पुग्छन्, आफैँले समात्नुपर्ने अपराधीझैँ हुन्छन् ।
सङ्ग्रहको शीर्षक रहेको द एण्ड अफ द वल्र्ड अर्थात् संसारको अन्त्य को आधार हो त्यही हल्ला जसले कयौँ नेपालीलाई त्रसित बनाएको थियो— ग्रहहरु बेमेल भएर पृथ्वी ध्वस्त हुने हल्ला । अलिकति हाँसोउठ्दो र निकै मायालाग्दो प्रतिक्रिया जनाउँछन् पात्रहरुले यो भविष्यमाणीप्रति । पाँचौ कथा म्याच मेकिङको परिवेश अलि भिन्दै छ, भारतमा बस्दै आएको नेपाली परिवारले छोरीको बिहे गराउन रचेका प्रपञ्च बारे । अलि सुखद लाग्ने कथा पनि यही हो सङ्ग्रहमा ।
ग्रिन ड्र्यागनफ्लाइ अत्यन्त मन छुने कथा छ— दिदीबहिनीको मायाको, बाढीपहिरोले गरिखान पनि नदिने कष्टकर जीवनको, जस्तै विपत्ति पनि सहन सक्ने आँटिला नेपालीको । अन्तिम कथा द ब्लकेड पनि जानेसुनेकै विषयमा आधारित छ ः बाराको बुद्ध र माओवादीले राजधानीलाई घेर्ने धम्की । भारतमा मजदूरी गरी फर्केको हस्तबहादुरले आफ्नै देशमा भोग्नुपरेका हण्डर, प्रहरी ज्यादती, र विशेष गरी घर पसेपछि देख्नुपरेको दृश्य कल्पन पाठकलाई नै निकै गाह्रो हुन्छ ।
यी सबै कथा साँच्चै नै हाम्रा देशवासीका दैनिकी हुन्, कसैका नियात्रा, कसैका आत्मवृत्तान्त हुन् । अलिकति व्यङ्य गर्दै र धेरैजसो गम्भीर नै भएर शब्द चयन गरेकी छिन् कथाकारले, पात्र र परिवेशलाई जिउँदो तुल्याउन । हामीमध्येकै मानिस छन् यहाँ ः सिमलको भूवाझैँ कपला भएका बुढाबा, मार्बलजस्तै टल्किने दाँत देखाएर ङिच्चिने नेता, बाढीले बगाउन लागेको बेला देउता खोज्न फर्केकी अधबेस्री हजुरआमा ।
कथाकारले आफ्ना पात्रहरुप्रति देखाएकी सद्भावका कारण पाठक पनि उनीहरुलाई अपनाउन बाध्य हुन्छन् — उनीहरुका पीर–मर्का, सपना, भविष्य सबै बुझिसकेपछि साथी झैँ लाग्छन् सबै पात्र । यही नै हो कथाकारको विशेषता । र उनको अर्को विशेषता हो निस्फिक्री भएर अङ्ग्रेजी वाक्यहरुका बीचमा नेपाली शब्द हुलिदिनु ः गाउँले, कुकुनी, बा, अैया, लाहुरे । कतै शब्दको अर्थ दिन्छिन्, कहीँ यत्तिकै मिसाइदिन्छिन् । एउटा पात्र अचानक गाउन थाल्छ ः तिमी नभए जिन्दगानी काँडासरी छ... । अङ्ग्रेजी माध्यम मात्र भएको छ यहाँ, प्राण छ नेपाली ।
हाम्रा देशका प्रमुख घटना, हामीलाई प्राप्त उपलब्धि, समस्या र चुनौति, राजनीतिक अस्थिरता— केही पनि छुटेका छैनन् कथामा । कुनै ठाउँमा जनयुद्धका बारे वा सामाजिक संरचनाबारे अलि बढी नै व्याख्या गरेकी छिन् कथाकारले, कतिलाई पट्यार लाग्न सक्छ कथाभित्र निबन्ध पढ्नुपर्दा । धेरैलाई निराशा र चिन्ताले पनि छोप्ला यी कथा पढेपछि । तर यही नै सुष्माको कौशल हो ः हरेक नेपालीका मनका पीडा र अभावलाई जस्ताको तस्तै, सरल र सुन्दर भाषामा पोख्न सक्नु ।
https://www.goodreads.com/book/show/13382178-the-end-of-the-world

Comments