Posts

Showing posts from August, 2019

Beautifully written Goodreads review by Richa Bhattarai

काठमाडौँको एक संभ्रान्त परिवारमा काम गर्न बसेको दश वर्षे गोपीले एकदिन अनौठो खानेकुरा ‘चिज’का बारे सुन्छ । घरको कान्छो छोराले स्विजरल्याण्डबाट ल्याएको सेतो चिज देख्दा उसलाई उकुसमुकुस हुन्छ ः के होला त्यो, एकपटक चाख्न पाए कस्तो हुँदो हो ? तर अन्तिम टुक्रा पनि कान्छी नातिनीले खाइदिएपछि ऊ थुक निलेर हेरेको हे¥यै हुन्छ । अनि शुरु हुन्छ— उसको चीज कल्पना र सपना । त्यसपछिका बीस वर्षमा उसले बाहिरी दुनियाको भेउ पाउँछ, बिहे गर्छ, जागीर खान्छ । तर त्यो रहस्यमय चीजको तिर्सनाले छाड्दैन उसलाई । एक दिन आँट गरेरै चिज किन्छ उसले, दुग्ध विकास संस्थानबाट । वर्षौँदेखिको धोको पुरा हुन लाग्दा गोपीको मनमा जस्तो उथलपुथल होला, त्यत्तिकै मात्रा उत्सुकता जगाउन सफल भएकी छिन पाठकका मनमा पनि यो ‘चिज’ गाथा रच्ने सुष्मा मास्केले । उनको कथा सङग्रह द एण्ड अफ द वल्र्डमा समेटिएको पहिलो कथा चीजले नै उनको लेखन शैलीको झल्को दिन्छ— हरेक घटनालाई मिहीन पाराले केलाएर अथ्र्याउने, आफ्ना पात्रका भावनालाई पाठकसामु उदाङ्गै पारिदिने, आदर्शमा नबगेर यथार्थमै रमाउने । पहिलो कथामा जसरी गोपीलाई चिज खाने तृष्णा हुन्छ, सङ्ग्रहका अरु सातवटै